सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक उद्धेश्य परिपूर्ति गर्ने उद्धेश्यका साथ स्थापित डाँफे बचत तथा ऋण सहकारी संस्था लि. यस अवधि सम्म आईपुग्दा नेपालको एक नमूना संस्थाको रुपमा विकास भएको छ । सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा संस्थाले सहकारी माझ नविन परिचय दिन समेत सफल भएको छ । यस कार्यमा सहभागी भई उल्लेखनीय भूमिका निर्वाह गर्ने आदरर्णीय सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु । सहकारी एउटा व्यवासायिक एवं प्राविधिक विषय पनि हो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् ।
प्राचीन समयमै जब मानिसले सामुहिक जीवन जिउने आवश्यकता महशुस गर्यो , त्यसै समयदेखि सहयात्राको शुरुवात गरेको कुरा सहजै अनुमान गर्न सकिन्छ । समयको विकासक्रमसँगै सहकार्यका विभिन्न रुपहरु मार्फत् सहकार्य भए र अन्तमा सामजिक, आर्थिक, साँस्कृतिक आवश्यताले मानव जीवनमा सहकार्यलाई अनिवार्य शर्तको रुपमा स्विकार्ने अवस्था आइलाग्यो र सहकार्यलाई सहकारी मार्फत् व्यवस्थापनका विभिन्न प्रयास भए र सहकारीको बर्तमान अवस्था कायम हुन पुग्यो भन्नु अतिशयोक्ति हुदैन । सहकारीको यस लामो इतिहासको कालखण्डमा आएर हामीले डाँफे बचत तथा ऋण सहकारी संस्था लि. मार्फत सहकारीको अभियानमा आफ्नो संलग्नता जनाउन पुगेका छौं । अव यसै सहकारीको सहयात्रा मार्फत विकासको अभियानमा अगाडि बढने प्रयत्न हुनेछ ।
कृषिको अधुनिकारणमा सहयोग पुर्याउन डाँफे बचत तथा ऋण सहकारी संस्था लि. ले कृषि कर्जा उपलब्ध गराउँदै अएको छ। जबसम्म हामी कृषिमा अधुनिकारण गर्दैनौं आर्थिक विकास असम्भ्व छ।
क्र.सं. | बचत खाताको प्रकार | न्यूनतम मौज्दात | व्याजदर | व्याज भुक्तानी गर्ने तरिका (तीन महिनामा सावाँमा) |
---|---|---|---|---|
१ | डाँफे बचत | रु.१००।– | ८.००% | दैनिक मौज्दातमा व्याज |
२ | साधारण बचत | रु.१००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
३ | गृहिणी बचत | रु.१००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
४ | बाल बचत | रु.१००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
५ | खुत्रुके बचत | रु.१००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
६ | विद्यार्थी बचत | रु.१००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
७ | किसानउन्नती बचत | रु.१००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
८ | कर्मचारी बचत | रु.१०००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
९ | सदस्य विशेष बचत | रु.२५,०००।– | ८.५०% | दैनिक मौज्दातमा व्याज |
१० | डाँफे सप्तरङ्घी बचत | रु.५०,०००।– | ९.००% | दैनिक मौज्दातमा व्याज |
११ | डाँफे व्यापार बचत | रु.१००,०००।– | ९.५०% | दैनिक मौज्दातमा व्याज |
क्र.सं. | बचत खाताको प्रकार | न्यूनतम मौज्दात | व्याजदर |
---|---|---|---|
१ | तीन महिने आवधिक | रु.२,०००।– | ८.७५% |
२ | छ महिने आवधिक | रु.२,०००।– | ९.२५% |
३ | नौ महिने आवधिक | रु.२,०००।– | ९.५०% |
४ | एक बर्षे आवधिक | रु.२,०००।– | १०.२५% |
५ | दुई बर्षे आवधिक | रु.२,०००।– | १०.७५% |
६ | तीन बर्षे आवधिक | रु.२,०००।– | ११.२५% |
७ | चार बर्षे आवधिक | रु.२,०००।– | ११.५०% |
८ | पाँच बर्षे आवधिक | रु.२,०००।– | ११.७५% |
९ | छ बर्षे आवधिक | रु.२,०००।– | १२.००% |
क्र.सं. | बचत खाताको प्रकार | न्यूनतम मौज्दात | व्याजदर |
---|---|---|---|
१ | तीन महिने आवधिक | रु.२,०००।– | ८.७५% |
२ | छ महिने आवधिक | रु.२,०००।– | ९.५०% |
३ | नौ महिने आवधिक | रु.२,०००।– | ९.७५% |
४ | एक बर्षे आवधिक | रु.२,०००।– | ११.२५% |
५ | दुई बर्षे आवधिक | रु.२,०००।– | ११.५०% |
६ | तीन बर्षे आवधिक | रु.२,०००।– | ११.५०% |
७ | चार बर्षे आवधिक | रु.२,०००।– | ११.७५% |
८ | पाँच बर्षे आवधिक | रु.२,०००।– | १२.००% |
९ | छ बर्षे आवधिक | रु.२,०००।– | १२.२५% |
क्र.सं. | बचत खाताको प्रकार | न्यूनतम मौज्दात | व्याजदर |
---|---|---|---|
१ | तीन महिने आवधिक | रु.१००।– | ८.२५% |
२ | छ महिने आवधिक | रु.१००।– | ८.७५% |
३ | एक बर्षे आवधिक | रु.१००।– | ९.७५% |
४ | दुई बर्षे आवधिक | रु.१००।– | ११.००% |
५ | तीन बर्षे आवधिक | रु.१००।– | ११.००% |
६ | चार बर्षे आवधिक | रु.१००।– | ११.२५% |
७ | बालबचत क्रमिक | रु.१००।– | १२.००% |
डाँफे बचत तथा ऋण सहकारी संस्था लि. बाट कर्जा लिएर मैले मेरो पसल बिस्तार गरें । डाँफे सँग काम गर्दा म ढुक्क छु ।
रामहरी सुबेदी
फर्निचर व्यवसायी
व्यवसाय बढाउन कर्जाको खोजी मा म पहिलो पटक डाँफे सहकारी आइपुंगे । आज मेरो व्यवसाय राम्रो सँग चलिराको छ ।
सुधा कोईराला
पर्यटन व्यवसायी
मैले सुनौलो भबिष्यको लागि डाँफे सहकारीमा बचत खाता खोलेको छु । यसको ब्यजदरबाट म खुशी छु ।
बिप्लब आचार्य
विद्यार्थी
डाँफे सहकारीबाट कर्जा लिएर मैले आफ्नो जमिनमा आधुनिक कृषि सुरु गरें । अहिले यसबाट मेरो जिवनस्तर राम्रो भएको छ ।
रेखा शर्मा
कृषि व्यवसायी
मैले त मेरा बाबुनानीहरुको उज्ज्वोल भविष्यको लागि डाँफेमा बाल-बचत खाता खोल्देको छु र थोरै थोरै रकम जम्मा गरेछु ।
राहुल बानिया
पिता
डाँफे बचत तथा ऋण सहकारी संस्था लि. ले बगर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट ग्राहकहरुलाई सेवा प्रभाह गर्दै अएको छ । सेवा बिस्तार गर्ने हाम्रो प्रमुख योजना हो ।
डाँफे बचत तथा ऋण सहकारी संस्था लि.को सन्चालक समिती शेयर धनीहरुबाट निर्वाचन गरेर बन्दछ । हामी प्रजातान्न्त्रिक प्रणालिमा बिश्वस गर्चौं । यसमा बिज्ञको सहभागिता हुन्छ ।
हामीले आफ्ना सेवाहरु पोखरा तथा पोखरा आस-पास रहेका समुदायमा प्रभाह गर्दै आएका छौं र अगामी दिनहरुमा अझै धेरै समुदायमा आफ्नो सुबिधा दिने लक्ष्य छ ।
हाम्रो एउटा प्रमुख उदेश्य शिक्षित तथा अशिक्षित सबै जनालाई सरल बचत तथा रिणको सुबिधा दिनु हो । हाम्रा सेवाहरु निकै सरल छन् । हामी सरल तर प्रभावकारी सेवामा विश्वस गछौं ।
बित्तिय सुसासन पालना गर्दै डाँफे सहकारी ले आफ्ना शेयर धनीहरुलाई राम्रो प्रतिफल दिन सफल भएको छ । आगमी दिनहरुमा पनि यो सिलसिला जरी रहनेछ ।
ग्राहक को माग लाई मध्य नजर गर्दै हामीले अधुनिक प्रबिधिको प्रोयोग्बाट सेवा प्रधान गर्दै आएका छौं । हाम्रा सम्पूर्ण गतिबिधि तथा सेवाहरु हाम्रो वेबसाईटबाट हेर्न सकिन्छ ।