बगर पोखरा लेखनाथ -१
कास्की, नेपाल
+977-061-524299
+977-9846983800
info@danfesaving.coop.np
hrm@danfesaving.coop.np

डाँफे सहकारीको साधारणासभा बारेको सुचना

डाँफे बचत तथा ऋण सहकारी संस्थाको मिति २०७६ साल भाद्र ७ गते बसेको संचालक समितिको बैठकले संस्थाको एघारौं बार्षिक साधारण सभा पोखरा २ विन्ध्यबासिनी पार्टी प्यालेसमा मितिः २०७६ साल आश्विन १७ गते शुक्रबार विहान ८ बजे बस्ने निर्णय गरेकोले डाँफे बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १ बगरमा सदस्य बनी बचत तथा ऋण कारोबार गर्नुहुने सम्पूर्ण शेयर सदस्यहरुलाई तोकिएको समय र स्थानमा उपस्थित भई संस्थागत विकासका लागि अत्यावश्यक प्रतिबेदन एवं नीति नियमहरु पास गर्न र संस्थालाई आगामी दिनमा के कसरी अगाडि बढाउन उपयुक्त हुन्छ सो बारेमा आफ्ना अग्रगामी तथा दूरगामी प्रभाव पार्ने योजना वा आवश्यक सल्लाह सुझाव भएमा मिति २०७६ साल आश्विन ८ गते भित्र संस्थाको कार्यालयमा बुझाइ सहयोग गर्न सादर अनुरोध गरिन्छ । संस्थाको विकासमा सदस्यहरुको अहम् भूमिका रहने भएकोले हरसमय हरक्षण यहाँहरुको सहयोग र सुझाब संस्थाका लागि ग्राह्य हुने भएकोले सबै सदस्यसँग सहयोगको अपेक्षा गरिन्छ । साथै विश्वास छ सबैको सकारात्मक सुझाब प्राप्त हुनेछ । यसै परिबेशलाई सहज बनाउनका लागि संस्थाले मिति २०७६ साल आश्विन ३ गते संस्थाको समिति तथा उपसमितीका लागि साइमन पार्टी प्यालेसमा सहकारी शिक्षा एबं तालिमको आयोजना समेत गरिएकोछ । समिति तथा उपसमितिमा आवद्ध सबै महानुभावहरुलाई उक्त सहकारी शिक्षा लिन उक्त दिन विहान ८ बजे साइमन पार्टी प्यालेसमा उपस्थित हुन समेत सादर अनुरोध गरिन्छ ।
यसका अलावा संस्थागत विकासका लागि विद्यमान कानूनको परिपालना तथा सहकारीको विकासको आन्दोलनका लागि के कसरी अगाडि बढ्न उपयुक्त हुन्छ भन्ने बारेमा समेत विभिन्न सहकारी आन्दोलनको दौरान मा आफूलाई निखार ल्याउनुहुने सहकारी अभियन्ताहरुमा समेत सादर अनुरोभ गरिन्छ ।


Recommended Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Themetf