बगर पोखरा लेखनाथ -१
कास्की, नेपाल
+977-061-524299
+977-9846983800
info@danfesaving.coop.np
hrm@danfesaving.coop.np



हाम्रो  बारेमा


हाम्रो परिचय

२०६५ सालको फाल्गुण महिनाको तेश्रो हप्तामा तत्काल उपलब्ध सदस्यहरुको भेला मार्फत्् बचत तथा ऋण सहकारी संचालन गर्ने निर्णय भएसँगै सोहि चैत्र २० गते भित्रै रु.५४,२५,०००।– (अक्षेरुपी चौवन्न लाख पच्चीस हजार रुपैयाँ मात्र) शेयर संकलन गरी सहकारी संचालन प्रक्रियाको थालनी भएको हो । जुन अभियानमा १०६ जना सदस्यहरुको संलग्नता रहेको थियो । यसकै आधारमा २०६६ साल बैशाख ६ गतेका दिन सहकारी प्रशिक्षण तथा डिभिजन “कार्यालयमा डाँफे बचत तथा ऋण सहकारी संस्था लि.” विधिवत रुपमा दर्ता भएको हो । दर्ता प्रक्रिया पुरा भए पश्चात तत्कालै २०६६ साल जेठ ७ गते देखि बचत तथा ऋणको कारोवार शुरु गरेका हो ।
यस आ.व.को अन्तसम्म आउँदा कुल कर्जाको ०.४ प्रतिशत कर्जा मात्र शंकाश्पद कर्जाको रुपमा देखिन आएको छ । बजारमा आएको वित्तीय समस्याका बाबजुद पनि बचत संकलनको अवस्था सन्तोषप्रद छ । यो सफलता सदस्यहरुको विश्वास लगाव र कृयाशिलताका कारण प्राप्त भएको भन्ने कुरामा दुइमत छैन । यसैगरी उपलब्धि प्राप्तिमा संचालक समिति, लेखा सुपेरिवेक्षण समिति,ऋण उप–समिति शिक्षा उपसमिति लगायतका समिति उपसमिति र कर्मचारीवर्ग र संस्थाका शुभचिन्तकहरु समेतको महत्वपूर्ण योगदान रहेको छ भन्ने हाम्रो स्पष्ट बुझाई छ ।
सहकारीताका सात सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुको आर्थिक, सामाजिक आवश्यकता पूरा गर्ने अभियानको नवौं वर्षमा सहयात्रा गरिरहँदा संस्थाले सदस्यहरुलाई निरन्तर मुनाफा प्रदान गरिरहेको छ । सदस्यहरुको बचतको सुरक्षा सहित समय सापेक्ष रुपमा नविनतम योजनाहरु प्रक्षेपण गर्दै आइरहेको छ । कर्जा सुरक्षणमा विशेष ध्यान दिन सकेको छ । कर्जा असुली अभियान केहि अपबाद बाहेक सन्तोषप्रद रुपमा अगाडि बढिरहेको छ । साना व्यापारी तथा उद्यमीहरुका लागि नियमित वचत जम्मा गर्ने क्षमताका आधारमा व्यवसाय प्रबर्धनका लागि साना उद्यमी केन्द्रित दैनिक भुक्तानी कर्जा सेवा उपलब्ध गराउँदै आएको छ । सदस्य सेवाका लागि सम्भव भएसम्म घरदैलोमा बचत तथा कर्जासेवा प्रदान गर्दै आइरहेको छ । संस्थाप्रति सदस्यहरुको विश्वास बढ््दै गएको छ । संस्थामा निरन्तर नयाँ सदस्यहरुको आगमन भईरहेको छ । कार्यालय प्रयोजनका लागि आफ््नै जग्गाको व्यवस्था भएको अवस्था छ । कार्यक्षेत्र कास्की जिल्ला कायम भएको छ । बचत, कर्जा, शेयर र सदस्यताको अनुपात विस्तारको कार्यक्रम निरन्तर बढिरहेको छ ।
उद्यमशिलताको विकास गर्ने ध्येय सहित केहि समय पहिले सदस्य साथिहरुको संलग्नतामा समुहगत तवरले कापी उद्योग संचालनमा ल्यायौं । जुन उद्योग अहिले उच्च गतिका साथ “डाँफे मसलन्द उत्पादक सहकारी संस्था लि.” को नाममा संचालित छ । समयको गतिसँगै नयाँ नयाँ कार्यक्रम अगाडि ल्याउन हामी प्रतिबद्ध छौं ।


Themetf