संस्थाको शेयर पूँजि र सदस्य संख्यामा बृद्धि गर्दै लैजाने ।
यस आ.व.मा शेयर रकम रु ४ करोड ८० लाख रुपैंयाँ, निक्षेप रकम ३७ करोड रुपैयाँ र कर्जा लगानी रु.३५ करोड २५ लाख रुपैंया पु¥याउने ।
सदस्यको आवश्यकता अनुसारका सेवा विस्तारका लागि आवश्यक योजना बनाउने ।
सदस्यहरुको सामाजिक सांस्कृतिक सुरक्षा तथा आवश्यकता पूरा गर्नको लागि स्थापित सदस्य सुरक्षाकोष मार्फत सदस्यहरुलाई पर्ने अस्वाभाविक दुर्घटना, दीर्घ रोग र मृत्यू संस्कारका लागि प्रदान गरिने सहयोगलाई निरन्तरता प्रदान गर्ने ।
संस्थागत लगानीका लागि आवश्यक अनुसन्धान पछि छनौट हुने दीर्घकालिन योजना विकास गरी सदस्यहरुको आर्थिक उन्नति हुने कार्यक्रम संचालनमा ल्याउने ।
कर्मचारीहरुको कार्यदक्षता विकास गर्न तालिमको व्यवस्था गरी सदस्य सेवामा अझ समर्पित तवरले कार्यगर्न लगाउने ।
सदस्य, कर्मचारी र सेफभल्ट, काउण्टर र बैंक देखि कार्यालयसम्म ल्याइने रकममा भएको विमा व्यवस्थालाई निरन्तरता दिने
सहकारीताका आधारमा सम्भव सबै सहकारी कर्मीहरुसँगको सम्बन्ध सुमधूर बनाउन आवश्यक नेतृृत्वदायि भूमिका निर्वाह गर्ने ।
सबै सदस्यहरुमा सहकारीताको भावना जागृत गराउन सहकारी भ्रमणको विशेष कार्यक्रम नियमित गर्ने ।
असल बचतकर्ता सदस्यहरु मध्ये २ जना र असल ऋणी २ जनालाई सम्मान गर्ने कार्यक्रम नियमित गर्ने ।
एस.ई.ई उत्कृष्ठ पुरस्कार कार्यक्रमलाई निरन्तरता दिने ।
क्रमिक बचत खाता मार्फत् एक बर्षे, दुईबर्षे र तीनबर्षे लगायतका विशेष बचतकार्यक्रम नियमित गर्ने ।
संस्थाको लागि सेवाकेन्द्र स्थापना गरी संस्थाको कार्य विस्तार गरी थप सेवा उपलब्ध गराउने ।
डाँफे कम्प्लेक्स निर्माण योजना तयार गर्ने ।
कर्जा लगानीका क्षेत्रमा विविधता कायम गरी नयाँ क्षेत्र पहिचानमा जोड दिइने ।
कार्यालयमा आवश्यक सामान थप्ने र रंगरोगन गर्ने ।
सदस्यहरुको क्षमता अभिवृद्धि सम्वन्धी तालिम तथा गोष्ठीलाई नियमितता दिने ।
विगत साधारण सभाले अंगिकार गरेका कार्यक्रमहरुलाई निरन्तरता दिने ।
न्युन तरलता व्यवस्थापन गर्न वासलात र सदस्यको धितो जमानीका आधारमा बैंक वीत्तिय संस्था मार्फत कर्जा लिई सदस्यलाई कर्जा प्रदान गर्ने व्यवस्था गर्ने ।