बगर पोखरा लेखनाथ -१
कास्की, नेपाल
+977-061-524299
+977-9846983800
info@danfesaving.coop.np
hrm@danfesaving.coop.np

प्रबन्धकको  तर्फबाट सन्देश

सहकारीको विकासक्रम र हाम्रो संलग्नता

सहकारीको विकासक्रम र हाम्रो संलग्नता
कमल मोहन आचार्य

प्राचीन समयमै जब मानिसले सामुहिक जीवन जिउने आवश्यकता महशुस ग¥यो, त्यसै समयदेखि सहयात्राको शुरुवात गरेको कुरा सहजै अनुमान गर्न सकिन्छ । समयको विकासक्रमसँगै सहकार्यका विभिन्न रुपहरु मार्फत्् सहकार्य भए र अन्तमा सामजिक, आर्थिक, साँस्कृतिक आवश्यताले मानव जीवनमा सहकार्यलाई अनिवार्य शर्तको रुपमा स्विकार्ने अवस्था आइलाग्यो र सहकार्यलाई सहकारी मार्फत्् व्यवस्थापनका विभिन्न प्रयास भए र सहकारीको बर्तमान अवस्था कायम हुन पुग्यो भन्नु अतिशयोक्ति हुदैन । सहकारीको यस लामो इतिहासको कालखण्डमा आएर हामीले डाँफे बचत तथा ऋण सहकारी संस्था लि. मार्फत सहकारीको अभियानमा आप््mनो संलग्नता जनाउन पुगेका छौं । अव यसै सहकारीको सहयात्रा मार्फत विकासको अभियानमा अगाडि बढने प्रयत्न हुनेछ ।

सहकारीको परिभाषाका बारेमा अन्तर्राष्ट्रिय सहकारी महासंघले सामुहिक स्वामित्व र प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित व्यक्तिहरुको सहभागिताबाट गठित स्वायत्त संगठन, जसले उनीहरुको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षाका परिपूर्ति गर्छ , यस्तो संस्था सहकारी हो भनेको छ । यस्तै अमेरिकी कृषि विभागले सहकारीलाई उपभोगकर्ताको स्वामित्व र उपभोगकर्ताको नियन्त्रण रहने व्यवसाय हो, जसले उपभोगका आधारमा फाइदाहरु आपूmहरु बीच बाँडफाँड गर्दछन्् भनेको छ भने बेलायती विकास नियोगका अनुसार १) आप््mना निश्चित आवश्यकता पूर्ति वा समस्या समाधानका लागि सहकारी गठनमा व्यक्तिहरुको संलग्नता, २) सदस्यहरुले स्वतन्त्र रुपले पूँजिको संलग्नता राख्ने, ३) यसरी निर्माण भएको संगठन प्रजातान्त्रिक तवरले समान मान्यताहरु अवलम्बन गर्दै इच्छित उद्देश्य प्राप्त गर्ने र ४) यो एउटा स्वायत्त संगठन हो, जसको प्रवद्र्धधन, स्वामित्व र नियन्त्रण व्यक्तिहरुले आप््mनो आवश्यकता पुरा गर्ने गरेका हुन्छन्् भनेको छ । यसरी हेर्दा सहकारी सदस्यहरुको चाहनामा सदस्यहरुका आवश्यकता परिपुर्तिका लागि गठित, सदस्यहरुद्धारा नियन्त्रित, आर्थिक सहभागिता सहितको स्वनियमनमा आधारित स्वायत्त संस्था हो, यसबाट प्राप्त मुनाफाको हकदार पनि सदस्यलाई नै हुन्छ भने नोक्सानीको दायित्व सदस्यहरुले बहन गर्दछन्् भन्ने प्रष्ट हुन्छ ।

आधुनिक सहकारी संस्थाको विधिवत शुरुवात सन १८४४ मा भएको भए पनि मानव समाजको विकाससँगै वैयक्तिक तथा सामाजिक आवश्यकता परिपूर्ति गर्नका लागि समाज विकासको शुरु अवस्था देखिनै कुनै न कुनै रुपमा सहकार्यको थालनी भएको मान्न सकिन्छ । यति भन्न सकिन्छ कि, त्यो समयमा वर्तमानमा झैं सहकारीको नामाकरण नभएको हुन सक्छ । तर आवश्यकता परिपुर्तिका लागि निरन्तर सहकार्य गर्दै अगाडि बढ््दै गर्दा १९ औं शताब्दीमा भएको औद्योगिक क्रान्तिपछि उद्योगपतिले मजदुर माथि गरेको शोषणका कारण औद्योगिक तथा कृषि मजदुरको कष्टकर जीवनमा सुधार ल्याउनुपर्ने विशेष परिवेशका कारण शुरु शुरु भएको साझा पसलको स्थापनासँगै सहकारी व्यवसायिक माध्यमको रुपमा विकास हुन पुगेको पाइन्छ । अर्कोतिर कृषिमा आएको मन्दि र ग्रामिण भेगमा साहुमहाजनले लिने चर्को व्याजका कारण किसानहरुको कष्टकर जीवनबाट पार लगाउन क्रेडिट युनियन मार्फत्् सरल व्याजदरमा किसानलाई कर्जा प्रदान गरी कृषि उत्पादन बढाउन सकिने विचार सहित जर्मनीका फ्रेडरिच विलहेलम राइफाइजेन मार्फत वित्तीय सहकारीको स्थापनालाई प्रबद्र्धन गरेको भन्ने कुरा सहकारीको इतिहासमा पढ््न पाइन्छ ।

विधिवत्् रुपमा सहकारी संस्था संचालनको इतिहास हेर्दा सन १४९८ मा स्कटल्याण्डको अबरदिन शहरमा स्थापना भएको त्जभ क्जयचभ एयचतभचक क्यअष्भतथ लाई पहिलो सहकारी भनिएको पाइन्छ तर पछि गएर उक्त संस्था कम्पनीमा रुपान्तरण भएको पाइन्छ । त्यस पछिको अवस्था हेर्दा बेलायतमा १७६१ मा पहिलो उपभोक्ता सहकारी गठन भएको र उक्त सहकारीले ८ बर्ष पछि मात्र आर्थिक कारोवार गरेको पाइन्छ । सहकारीको विकास विभिन्न चरणमा भएको भएपनि बेलायतका रोवर्ट ओवेनलाई सहकारीको जन्मदाता मानिएको छ र सन १८४४ डिसेम्वर २१ मा बेलायतको रोचडेल शहरमा स्थापना भएको च्यअजमबभि क्यअष्भतथ या भ्उगष्तबदभि उष्यलभभचक लाई पहिलो आधुनिक सफल सहकारीको नाम दिइएको छ ।

सहकारी अभियानलाइ परिभाषित गर्ने र अभियानलाई मूर्तरुप दिनेहरुमा धेरै विद्धानहरुको नाम अगाडि आउँछ । यसक्रममा विशेष गरी सहकारी विकासमा योगदान दिने विद्धानहरुका रुपमा फ्रान्सका राजनितिज्ञ पियरे जासेफ प्राउधोन, फ्रान्सका अर्थशास्त्री चाल्र्स गीड, रसियन भूगर्वविद, अर्थशास्त्री र दार्शनिक पिटर क्रौपोटकिन, अष्ट्रेलियन सहकारी अर्थशास्त्री चाल्र्स रेश थोरसोन म्याथ्यु, डेभिड फ्रिफीथ्स बेलायती लेखक, अर्थशास्त्री, उदार समाजबादी तथा राजनीतिज्ञ जि.डि.एच.कोलको नाम अग्रस्थानमा लिन सकिन्छ ।

वित्तीय सहकारीको विकास क्रम हेर्दा बेलायतमा सन १८७२ मा नै सहकारी बैंकको स्थापना भएको पाइन्छ । जसको मुख्य कार्यालय हाल पनि म्यानचेष्टरमा रहेको र १४० भन्दा बढि शाखामा ३५ हजार बढि एटिएम सेवा र ४० लाख भन्दा बढि ग्राहकको खाता भएको पाइन्छ । जर्मनीमा १८५० देखि ६० को दशकमा वित्तीय सहकारीको व्यवहारिक प्रयोग भएको पाइन्छ भने सन १९१६ मा स्थापना भएको फार्म क्रेडिट सिष्टमलाई अमेरिकाको सबैभन्दा पुरानो वित्तीय सहकारी हो भनिएको छ । जसले ५ लाख भन्दा बढि किसानहरुलाई सेवा प्रदान गरेको पाइन्छ । यस संस्थाले बार्षिक ९० अर्ब डलर कृषिऋण प्रदान गर्दछ, जुन ऋण कुल कृषि ऋणको २५ प्रतिशत हो । बर्तमान समयमा ८.५ करोड अमेरिकी नागरिक वित्तीय सहकारीको सदस्य बनेको पाइन्छ । यसैगरी सहकारीका विकास र योगदानका हिसावले क्यानडालाई सहकारीको नमूना देशको रुपमा लिन सकिन्छ । क्यानडामा १ करोड ७० लाख नागरिक सहकारीका सदस्य छन्् १ लाख भन्दा बढि सहकारी सदस्यहरुले महत्वपूर्ण संघसंस्थामा नेतृत्व गरिसकेका छन्् । १ लाख ६० हजार जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन्् । क्यानडामा हाल १० हजार बढि सहकारी क्रियाशिल छन्् । क्यानडाको क्यूवेक प्रदेश सहकारीको नमूना प्रदेश हो । यस प्रान्तका ७४ लाख जनता मध्ये ५४ लाख जनता ३५ हजार सहकारीमा आवद्ध छन्् भने क्यानडाका अन्य प्रान्तमा ५ हजार संख्याको हाराहारीमा सहकारी संस्था मात्र संचालनमा रहेका पाइन्छन्् । क्यानडाको क्युवेक प्रान्तमा मात्रै ३५ हजार सहकारीमा ७८ हजार कर्मचारीले रोजगार प्राप्त गरेको र लगभग ९० अरव क्यानेडियन डलर बरावर सहकारीको सम्पत्ती रहेको पाइन्छ ।

यसै गरी जापान, भारत, चीन, थाइल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका, इजरायल, मलेशिया, फिलिपिन्स, दक्षिण कोरिया र श्रीलंका लगायतका देशहरुले सहकारी अर्थ व्यवस्था मार्फत्् देशको आर्थिक अवस्थामा महत्वपूर्ण सुधारका अवसरहरु पहिल्याउन सफल भएको पाइन्छ । जापानले सन १९०६ देखि वित्तीय सहकारी संचालनमा ल्यायो भने १९२३ मा सहकारी बैंकको स्थापना गरेको पाइन्छ । भारतमा सन १९०४ मा सहकारी ऋण समाज ऐन बनेको पाइन्छ । अहिले भारतमा लगभग साढे पाँचलाख भन्दा बढि प्रारम्भिक सहकारी रहेको अवस्था छ । भारतमा रहेको गुजरात दुग्ध बजारिकरण सहकारी संघले अमुल ब्राण्ड मार्फत दैनिक ९१ लाख लि. भन्दा बढि दुध संकलन गरी प्रशोधन तथा विक्री गरी बार्षिक १८० करोड अमेरिकी डलरको हाराहारीमा कारोवार गर्ने गरेको पाइन्छ । यसरी हेर्दा सहकारीको विकास विभिन्न चरणमा विभिन्न रुपमा भएको भन्ने सहज अनुमान गर्न सकिन्छ ।

विश्वका विभिन्न मुलुकमा सहकारी मार्फत महत्वपूर्ण रुपमा आर्थिक, सामजिक, सांस्कृतिक योगदान रहेको इतिहासको सामान्य जानकारी पछि यस संक्षिप्त आलेखमा नेपालमा संचालित सहकारीको अवस्थाको सामान्य र संक्षिप्त विवेचना सहित डाँफे बचत तथा ऋण सहकारी संस्था लि.को वर्तमान अवस्थाका बारेमा छोटो विश्लेषण गर्ने प्रयास गरिएको छ ।

नेपालको सहकारी इतिहासमा सहकारीताका प्रारम्भिक प्रचलनहरु ढिकुटी, हुरीपर्म, हाट मेला तथा गुठी जस्ता सामुहिक रुपले गरिएका समस्या समाधानका विकल्पलाई प्रारम्भिक सहकारीका अवधारणाका रुपमा लिन सकिन्छ । अन्तर्राष्ट्रिय सहकारीको अवधारणा अन्तर्गत नेपालले चालेको पहिलो पाइलाको रुपमा भने वि.सं. २०१० सालमा तत्कालिन योजना, विकास तथा कृषि मन्त्रालय अर्न्तगत सहकारी विभाग स्थापना भएको अवस्थालाई लिन सकिन्छ । यस पछि २०१३ मा तत्कालिन श्री ५ को सरकारले सहकारी संघ संस्था संचालन गर्न कार्यकारी आदेश जारी गरेको थियो । यसै आदेशका आधारमा चितवनमा २०१३ साल चैत्र २० गते एकै पटक पाँचवटा सहकारी संचालन भएको पाइन्छ । यसैदिन दर्ता भएका सहकारीहरु मध्ये देशको प्रथम सहकारीको रुपमा भने बखान सहकारीलाई मानिएको छ । नेपालमा सहकारी विकासको क्रममा सहकारी संघ संस्था संचालनका लागि संघ संस्था संचालन ऐन २०१६ र नियमावली २०१८ बनेको पाइन्छ । यसैगरी सहकारी तथा साझा संस्था ऐन २०४१ बमोजिम सहकारी विभाग मार्फत सहकारी संस्था दर्ता, संचालन र नियमन गर्दै आएको पाइन्छ । त्यस पछि सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ मार्फत सहकारी दर्ता तथा नियमन गरिदै आएकोमा हाल संसदमा नयाँ सहकारी ऐन दर्ता भएको अवस्था छ ।

पञ्चायती शासन कालमा सहकारीलाई पञ्चबर्षीय योजनाकै कार्यक्रममा समाहित हुनेगरी र सरकारी नियन्त्रणमा रहने गरी संचालनमा ल्याउने प्रयास गरेको देखिन्छ । पहिलो पञ्चबर्षीय योजना अवधिमा ४५०० कृषि सहकारी संचालनमा ल्याउने कार्यक्रम रहेकोमा ३७८ वटा सहकारीको स्थापना हुन सकेको पाइन्छ । यसै गरी वि.सं २०१८ योजना विहिन बर्षको रुपमा रहँदा यस बर्ष २०३ वटा सहकारी थप भए । तैपनि यस समयमा सहकारी संस्था संचालन मार्फत आर्थिक विकास अभिबृद्धि गर्न सकिने नयाँ अवधारणा भने सरकारी तबरमा समेत विकास भएको पाइन्छ । दोश्रो त्रीबर्षीय योजना अवधिमा ५४२ सहकारी समाज स्थापना भए । २०२० मा सहकारी बैंकको स्थापना भएकोमा २०२४ सहकारी बैंकलाई कृषि विकास बैंकमा रुपान्तरण गरियो । २०२४ सालमा भुमि सुधार बचत संस्थाको स्थापना गरी बचत तथा ऋणको कारोबार अगाडि बढाइयो । तेश्रो पञ्चबर्षीय योजना कालमा सहकारी ५६ जिल्लामा विस्तार भई सहकारीको संख्या १४८९ पुग्यो । तर सहकारीको विकास यथोचित हुन नसक्दा चौथो पञ्च बर्षीय योजना कालमा आइपुग्दा भने सहकारीको संख्या घटेर २५० मा सिमित हुन पुग्यो । सहकारी विकासका क्रममा उतारचढाव आइरहँदा २०२५ मा सहकारी विभागका कर्मचारी भुमिसुधार विभागमा राखियो र फेरि २०२६ मै सहकारी विभागको पुनर्गठन गरियो । पाँचौ पञ्च बर्षीय योजना अवधिमा सहकारीलाई साझामा गाभ्ने र साझाका अध्यक्ष प्रधानपञ्च रहने गरी सहकारी तथा साझाहरु सरकारी नियन्त्रण भित्र रहने गरी सहकारीको अवधारणालाई जनताको भावना विपरित लग्ने प्रयत्न भयो । तर यस अवधिमा साझा संस्थाहरु एकै बर्षमा २९३ बाट १०५३ पुग्नु र सदस्य संख्या ९३ हजारबाट ८ लाख २ हजार पुग्नुलाई भने सकारात्मक रुपमा पनि लिन सकिन्छ । २०३७ साल सहकारीको लागि उल्लेखनीय बर्षको रुपमा रह्यो । किनकि यसैबर्ष संविधान संशोधन मार्फत राज्यका निर्देशक सिद्धान्तमा सहकारीलाई आर्थिक मेरुदण्डको रुपमा उल्लेख गरियो । छैटौं पञ्चबर्षीय योजना अवधिमा साझाको संचालक समिति सदस्यहरुले चुन्न पाउने व्यवस्था गरि साझा तथा सहकारीलाई सरकारी नियन्त्रण खुकुलो बनाउन प्रयत्न गरियो । अनि सातौं पञ्चवर्षीय योजना अवधिमा ७२ जिल्लामा ८३० कृषिमा आधारित सहकारी साझा संस्था र ५४ गैह्र कृषि साझा सहकारी र ३३ जिल्लामा जिल्ला सहकारी संघ समेत गठन भए । तर यसै अवधिमा संरचनागत समायोजन कार्यक्रम संचालनमा आउँदा रासायनिक मल विक्री गर्ने साझा संस्थाहरुको एकाधिकार समाप्त भई प्रशासनिक खर्च समेत धान्न नसक्ने अवस्था आएको थियो । समयक्रम अगाडि बढ््दै जाँदा २०४१ मा साझा संस्था संचालन ऐन र २०४३ मा नियमावली जारी भई २०४४ मा उच्चस्तरिय साझा विकास केन्द्रिय समन्वय समितिको गठन भयो । यसै बर्ष साझा विकास विभागलाइ भूमिसुधार मन्त्रालयबाट कृषि मन्त्रालय अन्तर्गत ल्याइयो । बहुदलीय व्यवस्थाको प्रादुर्भावसँगै २०४७ मा राधा कृष्ण मैनालीको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय सहकारी महासंघ परामर्श समितिको गठन भयो र समितिले कार्तिक ३० गते सहकारी सरकारको स्वामित्व भन्दा बाहिरको स्वायत्त संस्थाको रुपमा रहनु पर्ने सुझाब सहित प्रतिबेदन बुझायो । यसै आधारमा सहकारी ऐन २०४८ र नियमावली २०४९ सहजै निर्माण भए । तर ऐन नियममा भएका कमी कमजोरीका कारण व्यक्तिगत लाभ हुनेगरी सहकारीहरु स्थापना हुने होड चल्न पनि थाले । जसका कारण सहकारीको अवधारणालाई नकारात्मक असर पर्न समेत पुग्यो । तैपनि २०४९ मा राष्ट्रिय सहकारी संघ, नेपाल बचत तथा ऋण संघ र केन्द्रिय दुग्ध सहकारी संघ समेत ३ वटा केन्द्रिय विषयगत संघहरु स्थापना हुनु उपलब्धिका रुपमा लिन सकिन्छ ।

यसैगरी २०५४ मा नेपालको सहकारी क्षेत्रले अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्यता प्राप्त ग¥यो भने सहकारीसँग सम्बन्धित विभिन्न कार्यालयहरु गठन भएको अवस्थाले भएको दोहोरोपनाका कारण सहकारी संचालनमा असहजता भई सहकारीको दीर्घकालीन दूरदृष्टि तयार गर्न २०५७ मा कार्यदल गठन भयो । अनि कृषी मन्त्रालयको नाम परिवर्तन भई कृषि तथा सहकारी मन्त्रालय कायम भएको पाइन्छ । यसै बर्ष सहकारी ऐनमा संशोधन भई सहकारी बैंक स्थापना गर्न कानुनी आधार प्राप्त भयो । यसै आधारमा २०६१ मा सहकारी बैंकको स्थापना भयो । २०५७ सालसम्म सहकारीलाई आयकर नलाग्ने व्यवस्था भएकोमा २०५८ देखि सहकारी समेतलाई आयकरको दायरामा ल्याइयो । २०६१ सालमा सहकारी विभाग अन्तर्गतका ३० वटा कार्यालय खारेजिमा पर्नु र लगभग ६०० कर्मचारी कटौतिको निर्णय सहकारी क्षेत्रको आलोच्य विषय बन्न पुगेको अनुभव छ । गणतन्त्रको स्थापना पछि नेपालको अन्तरिम संविधान २०६३ ले सहकारीलाई अर्थतन्त्रको ३ खम्बा मध्ये एक खम्बाको रुपमा स्विकार गरेपछि भने सहकारीको विकासक्रम विशेष रुपमा अगाडि आएको पाइन्छ ।

देश विकासमा सरकार, नीजिक्षेत्र र सहकारीको महत्वलाई स्विकार गर्दै सहकारीलाई आर्थिक अंगको लिएको वर्तमान अवस्थामा सहकारी संचालनका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन भएको अवस्था छ भने २०७३ आषाढ मसान्तसम्म बचत तथा ऋण सहकारी संस्था १३७६९, बहुउद्देश्यीय सहकारी ४०५५ कृषी सहकारीहरु ९९६५, दुग्ध सहकारी १६५२, उपभोक्ता सहकारी १४६१, विद्युतसँग सम्बन्धित सहकारी ४५० तरकारी तथा फलफुलसँग सम्बन्धित १८९, चियासँग सम्बन्धित १०६, कफि सहकारी १४८, जडिबुटीसँग सम्बन्धित सहकारीहरु १२१, मौरीपालन सहकारी ९७, संचार सहकारी १३६, स्वास्थ्यसँग सम्बन्धित्् ११२, उखु सहकारी ४८, जुनार सहकारी ४४ र अन्य ११७६ समेत ३३५९९ सहकारी संस्थाहरु र २२वटा केन्दिय संघहरु गठन भई ८९६१८ महिला र १४२२०४ पुरुष समेत २३१८२२ जना सहकारी संचालकहरु सहकारी संचालनमा रहेको सरकारी तथ्यांक पाइन्छ । यसैगरी सरकारी तथ्यांकका आधारमा सहकारीमा ३०८६३१८ महिला र २९४४५३९ पुरुष समेत ६०३०८५७ सदस्यहरु रहेको पाइन्छ भने कर्मचारी तर्फ २६६९३ महिला र २९७८२ पुरुष समेत ५६४७५ जनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ ।

यसै परिबेशमा “डाँफे बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १ कास्की” मिति २०६६ साल बैषाख ६ गतेका दिन रु.५४,२५,०००।– (अक्षेरुपी चौवन्न लाख पच्चीस हजार रुपैयाँ मात्र) शेयर पुँजि र २५ जना सदस्यहरु सहित सहकारी तथा डिभिजन कार्यालय कास्कीमा दर्ता भएको हो । यो संस्था बचत तथा ऋणको कारोबार गर्नेगरी दर्ता भएको संस्था हो । यस संस्थाले शुरुमा १०६ जना शेयर सदस्यबाट शेयर संकलन गरी सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा द.नं. ५९६÷०६५÷०६६ मा दर्ता भए लगत्तै संस्थाका तत्कालिन कोषाध्यक्ष तथा बर्तमान सचिव श्री ईश्वरी प्रसाद बाँस्तोलाको पोखरा १ भिमकालि पाटनमा रहेको घर नं.१०७ मा कार्यालय स्थापना गरी २०६६ साल जेठ ७ गते देखि बचत तथा ऋणको कारोबार गर्दै आईरहेको छ ।

डाँफे बचत तथा ऋण सहकारी संस्था लि.ले यस अवधिसम्म ९ वटा आर्थिक बर्ष पार गरिसकेको छ । यस अवधि सम्म ८ वटा नियमित साधारण सभा सहित ३ वटा अधिवेशन सु–सम्पन्न गरि सकेको छ । यस संस्थाको स्थापना देखि नै युवा तथा जझारु नेतृत्व सहित अध्यक्षमा श्री माधव प्रसाद बाँस्तोला रहनु भएको छ । यसैगरी कार्यालय व्यवस्थापनको नेतृत्व पनि स्थापनाकाल देखि निरन्तर नै कायम रहेको अवस्था छ । अन्य नेतृत्वमा समय सापेक्ष रुपमा परिवर्तन गर्दे सामुहिक नेतृत्व विकासलाई निरन्तर अभ्यासमा लैजाने प्रयास गरिएको छ । संस्थामा लेखा सुपेरिबक्षण समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, खोज तथा अनुसन्धान उप–समिति र महिला उप–समिति समेत््को व्यवस्था गरी संस्था संचालनलाई चुस्त र दुरुस्त बनाउने प्रयास गरिएको छ ।

संस्था संचालनका लागि विभिन्न समिति र उप–समिति तथा कर्मचारी व्यवस्थापन लगायतका विषयलाई व्यवस्थित तवरले सु–संचालन गर्न सकिएकै कारण संस्थाले शुरु बर्ष बाहेक अन्य सबै आर्थिक बर्षमा संस्थाको मुनाफालाई बृद्धि गर्दै लैजान सफल भएको छ । संस्था संचालनका विधि र कार्यविधिलाई यथोचित विकास गर्दै संस्थागत सुसाशन र स्थायित्वका लागि संस्थामा संलग्न सबै सदस्यहरु चनाखो हुँदै संस्था संचालन गर्ने हाम्रो प्रयास निरन्तर अगाडि बढिरहेको छ । सदस्य संख्या र शेयरको अनुपात निरन्तर बढ््दो क्रममा गएको छ । निक्षेपमा बृद्धिका कारण लगानी समेत उल्लेख्य रुपमा बृद्धि भएको छ । खराव र शंकाश्पद कर्जा अत्यन्त न्यून अवस्थामा रहेको छ । शेयर सदस्य संख्या २०७४ आषाढ मसान्तसम्म १७१८ पुगेको छ । जसमध्ये ७६२ महिला र ९५६ पुरुष सदस्य रहेका छन्् । शेयर रकम रु ३,७०,५५,७००।– पुगेको छ । १२ जना कर्मचारी सहित आधुनिक प्रविधिमा आधारित तवरले छिटो छरितो रुपमा सेवा प्रदान गर्ने गरी संस्थाको कार्यालय संचालनमा ल्याईएको छ । सदस्य सेवाका लागि घरदैलो सेवा प्रदान गरिएको छ । कर्जा प्रकृया विना झन्झट सहज तरिकाले प्राप्त गर्ने गरी व्यवस्थापन गरिएको छ । बचत जम्मा गर्नका लागि डाँफे बचत खाता, साधारण बचत खाता, गृहिणी बचत खाता, खुत्रुके बचत खाता, बाल बचत खाता, कर्मचारी बचत खाता, किसान उन्नति बचत खाता, सदस्य विशेष बचत खाता, विद्यार्थि बचत खाता, डाँफे सप्तरङ्गी बचत खाता, डाँफे व्यापार खाता, डाँफे गहना बचत खाता, जेष्ठ नागरिक बचत खाता, चाडपर्ब बचत खाता, उच्च शिक्षा बचत खाता, उपचार बचत खाता लगायतका विशेष ऐच्छिक बचत खाताको व्यवस्था गरी सदस्य सेवालाई सर्बशुलभ बनाउने प्रयत्न गरिएको छ । क्रमिक तथा नियमित खाताका रुपमा ३ महिना, ६ महिना, एकबर्ष, दुइबर्ष, तीन बर्षका लागि रकम नियमित तथा ऐच्छिक रकम जम्मा गरी अवधि पुगेपछि रकम लैजान सकिने गरी व्यवस्थापन गरिएको छ । आवधिक रुपमा रकम जम्मा गर्ने सुविधा प्रदान गरिएको छ । बचतमा प्रतिष्प्रधात्मक व्याजदर प्रदान गर्ने गरिएको छ । यसैगरी सदस्य सेवामा विस्तार गर्दै सदस्य चाहना अनुसार विशेष बचत योजना समेत प्रक्षेपण गर्दै बचत सेवा विस्तार गर्ने गरिएको छ । बचत सुरक्षा लागि बाटो, काउण्टर र भल्टको बीमा गरिएको छ । यसैगरी कर्जा प्रदान गर्दा कर्जा तथा बचत सुरक्षणलाई ख्याल गर्दै धितोको बजार मूल्यमा ३५ प्रतिशत सम्म मात्र कर्जा प्रदान गर्ने , सदस्यको स्वाभाब, हैसियत र कर्जा तिर्ने क्षमताका आधारमा कर्जा लगानी गर्ने व्यवस्था गरिएको छ । साना तथा मझौला व्यवसायीको व्यापार प्रबर्धनका लागि साना कर्जा कार्यक्रम संचालन गरिएकोछ । कार्यालय प्रयोजनका लागि आफ््नै जग्गाको व्यवस्थापन गरिएकोछ । सदस्य सन्तुष्टिलाई संस्थाको पूँजिको रुपमा अंगिकार गर्दै सदस्य सेवाका आधारमा संस्था संचालन गर्ने नीति सहित पारदर्शीताका आधारमा संस्था संचालन गरेका कारण यस अवधिसम्म आईपुग्दा संस्थाको कुल पूँजि रु.३७ करोड, लगानी रु.२८ करोड र निक्षेप –बचत) रु.३० करोडको अंकमा विस्तार गरेका छौं । यसरी समग्रमा पोखराको बचत तथा ऋण सहकारी संस्थाहरुमा यस संस्थाले आप््mनो स्थान मजबुद बनाउदै लगेको अवस्था सबैले अनुभव गरेका छौं । यही बित्तीय अवस्था सहित आगामी २०७४ भाद्र १७ गते संस्थाले आप््mनो नवौं बार्षिक साधारण सभाको आयोजना गरेको छ । संस्थाको बृद्धि विकासका लागि विविध कार्यक्रम तय गरेको छ । संस्थागत जानकारीका लागि साधारणसभा मार्फत्् सदस्यहरुले यथार्थ चित्रण प्राप्त गर्नुहुनेछ । अन्य अवस्थामा संस्थाको कार्यालय मार्फत जानकारी लिन सकिने छ । विशेष अवस्था परी महत्वपूर्ण जानकारी लिन चाहेमा संचालक समिति मार्फत विशेष जानकारी प्राप्त हुने भएकोले संस्थागत गतिविधिहरुको सम्पूर्ण जानकारी सहित यस संस्थामा सदस्य बनी सेवा लिनका लागि आव्हान गर्दै सहकारी संस्था मार्फत्् आप््mना आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था सुधार गर्न डाँफे बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट हार्दिक अपील गरिन्छ ।

अन्तमा, सहकारी अभियान मानव उत्पत्तिको प्रारम्भदेखि सहकार्य गर्दै जाँदा विकासको क्रममा आएको र कालक्रममा आएर सहकारीे नामाकरण भई भविश्यमा अनबरत रुपमा चलिरहने र महत्वपूर्ण सामाजिक अभियान सहित जीवन्त रुपमा विकास हुने एक अविछिन्न अभियान हो । सहकारीको विकासका लागि ढिलै गरी भएपनि हामी यस संस्था मार्फत्् सहकारी अभियानमा सरिक भएका छौं । यस अभियानबाट हामी हाम्रा सदस्यहरुका आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै समुन्नतीका लागि मार्ग प्रदान गर्न सहयोग गर्ने छौं, अनि सहकार्य मार्फत्् व्यक्ति र संस्थाको आर्थिक विकास गर्दै संस्था मार्फत्् समाज र देशका लागि योगदान गर्ने बाचा गर्दछौं । आउनोस्् यस संस्थाको सदस्य बनी एकैसाथ अगाडि बढौं र सहकारी अभियानलाइ सफल पारौं ।
धन्यबाद, जय डाँफे सहकारी ।

तथ्यांकका आधारमा सहकारीमा ३०८६३१८ महिला र २९४४५३९ पुरुष समेत ६०३०८५७ सदस्यहरु रहेको पाइन्छ भने कर्मचारी तर्फ २६६९३ महिला र २९७८२ पुरुष समेत ५६४७५ जनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ ।

ताजा सूचनाहरु

Themetf