Co-operative news
by DANFE
डाँफे बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न
श्रावण १२,२०७५ पोखरा ।
पोखरा महानगरपालिका वडा नं १ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्था लि. ले आयोजना गरेको सहकारी सहकारी शिक्षा कार्यक्रम हिजो शनिवार सफलतापूर्बक सु–सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री माधव प्रसाद बाँस्तोलाको अध्यक्षतामा भएको सहकारी शिक्षा कार्यक्रममा अध्यक्ष श्री माधव प्रसाद बाँस्तोला, ऋण संयोजक श्री मुक्तिनाथ आचार्य, खोज तथा अनुसन्धान संयोजक श्री नारायण प्रसाद बाँस्तोला र संस्थाका प्रबन्धक श्री कमल मोहन आचार्यले विविध विषयमा सहकारी शिक्षा प्रदान गर्नु भएको थियो । विशेष गरी आ.व.२०७४÷०७५ मा संस्थामा शेयर थप गरी सहकारीमा कारोबार गर्ने शेयर सदस्यलाई सहकारी ज्ञान प्रदान गर्ने उद्देश्यले संचालित सहकारी शिक्षा कार्यक्रम फलदायि भएको कुरा सहभागिहरुको प्रतिक्रिया रहेको छ । कोषाध्यक्ष श्री दयाराम आचार्यले स्वागत गर्नुभएको सहकारी शिक्षा कार्यक्रमको संचालन सचिव श्री इश्वरी प्रसाद बाँस्तोलाले गर्नु भएको थियो ।
Recommended Posts
सूचना !
January 20, 2023
१४ओे साधारण सभाको सूचना
August 29, 2022
General Assembly
November 12, 2019
danfe is one of the best sahakari